श्रावण ५, २०८२ सोमबार July 21, 2025

फेसबुकमा अनावश्यक नोटिफिकेसन आएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फेसबुकमा आउने दर्जनौं नोटिफिकेसनले तपाईंलाई पक्कै पनि दिक्क बनाएको होला । मेसेज, फ्रेन्ड रिक्वेस्ट, कमेन्ट, मेन्सन लगायतका नोटिफिकेसन आइरहँदा झर्को लाग्नु स्वाभाविकै हो ।

अछ लामो समयपछि फोनमा इन्टरनेट कनेक्ट भएको छ भने त नोटिफिकेसनको साउन्ड आइराख्छ । तर तपाईंले यसलाई बन्द गर्न सक्नुहुन्छ ।

नोटिफिकेसनलाई पनि कस्टमाइज गरेर केको नोटिफिकेसन पाउने, केको नपाउने भनेर आफैँ मिलाउन सक्नुहन्छ । एन्ड्रोइड फोनमा तपाईंले यसलाई ‘एप्स एण्ड नोटिफिकेसन’मा गएर मिलाउन सक्नुहुन्छ ।

यसका लागि पहिले आफ्नो मोबाइलको सेटिङमा जानुहोस् ।

त्यसपछि नोटिफिकेसनमा जानुहोस् ।

अब एप नोटिफिकेसन इनेबल भएका सबै एपहरु देख्न सक्नुहुन्छ ।

त्यसपछि फेसबुक नोटिफिकेसन नै बन्द गर्ने भए फेसबुक एपको छेउमा रहेको टगललाई डिसेबल गर्न सक्नुहुन्छ ।

नोटिफिकेसन कस्टमाइज गर्न चाहनुहुन्छ भने फेसबुक एपलाई क्लिक गरेर नोटिफिकेसन चाहिने फिचरको मात्र टगल इनेबल गर्नुहाेस् ।

यसरी तपाईंले अनावश्यक आउने फेसबुक नोटिफिकेसनलाई बन्द गर्न सक्नुहुन्छ । आवश्यकता र नोटिफ़िकेसनको प्राथमिकता अनुसार फेसबुक फिचरको नोटिफिकेसनलाई इनेबल गर्न पनि सक्नुहुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया