असार २८, २०८२ शनिबार July 12, 2025

युवापुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्छ : गगन थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसअन्तर्गत रहेका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तरूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशील सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भ्रातृ संगठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

संसदमा चलिरहेको जल्दाबल्दा विषय वस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने बताउदैँ उहाँले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको समेत बताउनुभयो ।

काठमाडौं महानगरपालिका वडा–८ का अध्यक्ष आशामान संगतले फोहोरमाथि महानगरभित्रै राजनीति भइरहेको र सरकारले नै फोहोर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्छ भन्नुभयो ।

बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले भन्नुभयो, ‘‘नेतृत्वले पार्टीभित्रै रहेर पनि फरक मत राख्ने नेता, कार्यकर्ताहरूलाई समेट्दै अगाडि बढ्नुपर्छ ।’’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
२०८२ असार २८, शनिबार
सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे
२०८२ असार २८, शनिबार
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन
२०८२ असार २८, शनिबार
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार