असार २१, २०८२ शनिबार July 5, 2025

मछिन्द्रले पहिलोपटक उचाल्यो ए डिभिजन लिगको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मछिन्द्र क्लबले पहिलोपटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि हात पारेको छ।

लिगको अन्तिम खेलमा जित्नै पर्ने दबाबका बिच मछिन्द्रले नेपाल आर्मीलाई १–० गोलले पराजित गरेको हो।

आजको खेलमा बराबरी खेलेको भएपनि आर्मीले उपाधि उचाल्ने थियो। लिगको १२ खेल सम्पन्न भइसक्दा शीर्ष स्थानमा रहेको आर्मीको २९ अंक थियो दोस्रो स्थानको मछिन्द्र एक अंकले मात्र आर्मीभन्दा पछि थियो।

आर्मीलाई पराजित गर्दै मछिन्द्रले ३१ अंक जोड्दै लिग उपाधि पहिलोपटक जितेको हो। यससँगै आर्मी २९ अंकसहित दोस्रो स्थानमा सिमित बन्यो।

मछिन्द्रले पहिलो हाफको ३३ औं मिनेटमै सुरुवाती गोलको अग्रता लिएको थियो। रन्जीत धिमालको फ्रिकिक बल बिकाश तामाङलाई लागेर डिफ्लेक्ट हुँदै आर्मीको पोस्टमा पुगेको थियो।

पहिलो हाफमै मछिन्द्रले गोल गरेपछि खेल निकै रोमान्चक बनेको थियो। तर निकै आक्रमक रुपमा प्रस्तुत भएको आर्मीले पाएको अवसर पनि गुमाउँदा कुनै गोल गर्न सकेन। अन्ततः खेल १–० मै सम्पन्न भयो।

यससँगै उपाधि विजेता मछिन्द्रले ५० लाख जितेको छ भने उपविजेता आर्मीले ३५ लाख रुपैयाँ जितेको छ।

यस सिजन सरस्वती युथ क्लब १३ खेलमा मात्र ४ अंक जोड्न सफल भयो। सरस्वती एक खेल अगावै बी डिभिजनमा रेलिगेट भएको छ।

लिगका शीर्ष पाँच टोली

१. मछिन्द्र क्लबः ३१ अंकसहित शीर्ष स्थानमा
२. त्रिभुवन आर्मी क्लबः २९ अंकसहित दोस्रो स्थानमा
३. मनाङ मस्र्यांदीः २८ अंकसहित तेस्रो स्थानमा
४. थ्रीस्टार क्लबः २६ अंकसहित चौथौं स्थानमा
५. नेपाल पुलिस क्लबः २० अंकसहित पाँचौ स्थानमा

हालसम्मका ए डिभिजन लिग विजेता

मछिन्द्र क्लब १ः बि.सं २०७६
मनाङ-मस्र्याङ्दी ८ – २०४३,२०४४, २०४६, २०५७, २०६०, २०६२, २०७०, २०७५
आरसीटी ६ – २०२८, २०२९, २०३०, २०३६, २०३८, २०४१
थ्री स्टार ४ – २०५४, २०५५, २०६१, २०६९
एनआरटी ४- २०१७, २०१९, २०३५, २०५२
नेपाल पुलिस ३- २०६३, २०६७, २०६८
संकटा ३- २०३७, २०४०, २०४२
महावीर ३- २०११, २०२३, २०२६

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार