असार २८, २०८२ शनिबार July 12, 2025

जनमत पार्टीद्धारा मधेसका मुख्यमन्त्री राउतको राजिनामा माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजिनामा माग गरेका हुन् ।

‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा ब्यापक भ्रष्टाचार भएको छ, हाम्रो पार्टीको दबाबले छानविन प्रक्रिया सुरु भयो,’ सो पार्टीका नेता वीपी साहले साहले भने, ‘अख्तियारले छानविन गर्दा नै मुख्यमन्त्री राउतले राजिनामा दिनु पर्ने थियो, त्यतीबेला र्र्दिईएन तर अब विशेष अदालतमा मुद्दा नै दायर भएपछि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजिनामा दिनु पर्छ।’

कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीको छ । ‘मुख्यमन्त्री कै नाम जोडिएको कार्यक्रम, मुख्यमन्त्रीकै कार्यालयबाट सञ्चालित कार्यक्रम, मुख्यमन्त्रीकै निर्देशनमा सबै निर्णय हुने कार्यक्रममा मात्र कर्मचारी दोषी छन् भनेर तर्क गर्नु गलत हो, मुख्यमन्त्रीको संलग्नता बिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन,’ साहले भने, ‘आफ्नै हातबाट साइकल वितरण गर्ने, फोटो खिचाउने तर कुन ब्राण्डको साइकल वितरण भइरहेको छ भनेर मुख्यमन्त्रीले थाहा नपाउने कुरै भएन ।’
नेता साहले भने,‘मुख्यमन्त्री हुनुभन्दा पहिले लालबाबु राउत बीरगंज महानगरपालिकाको कर्मचारी हुँदा पनि भ्रष्टाचारमा मुछिएका थिए । त्यतीबेला नै राउत जीले भ्रष्टाचार कसरी गर्ने र कसरी जोगिने भनेर तालिम लिनु भएको होला । त्यसकारण साइकल खरिदमा कागजी रुपमा आफू नदेखिने गरी भ्रष्टाचार गर्नु भएको छ।’

राजनीतिक दबाब र प्रभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको आरोप पनि सो पार्टीले लगाएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ठूलो माछामाथि हात हाल्न डराउछ भन्ने कुरा नेपाली जनतालाई थाहा छ । त्यही भएर अख्तियारले पनि कर्मचारीमाथि मात्र मुद्दा दायर गरेको छ ।’

मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध बुधबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे
२०८२ असार २८, शनिबार
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन
२०८२ असार २८, शनिबार
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार