काठमाडौँ । उपत्यकाको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा दुई विद्यार्थी समूहबीच झडप भएको छ। सोमबार बिहानै भएको झडपमा केही विद्यार्थी घाइते भए पनि सांगठनिक झडप नभएको विद्यार्थी नेताहरुले बताएका छन्।
नेविसंघले आफ्नो समूहका आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि आक्रमण भएको जनाएको छ। घटनालगत्तै प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो।
पिकनिकको विषयमा झगडा भएको बताइएको छ। केही विद्यार्थी घाइते समेत भएकोमा मोडेल अस्पतालमा उपचारपछि फर्किएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया