असार २८, २०८२ शनिबार July 12, 2025

सत्तारुढ कार्यदल बैठक: संयोजकमा कांग्रेस नेता सिटौला चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको आज बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने विषयमा दलहरूले आ आफ्नो धारण राख्ने क्रम सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा कार्यदलमा संलग्न सदस्यहरुले गठबन्धन गरेर अघि बढ्ने विषयमा दलगत धारणा राख्नुभएको र यसलाई निरन्तरता दिँदै आगामी बैठकमा थप छलफल गरी निष्कर्षमा पुग्ने बैठक पछि कार्यदलका सदस्य एवंम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै कार्यदलको बैठकले कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई चयन गरेको पनि सञ्चारमन्त्री कार्कीले बताउनुभयो । सरकार र गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने बारेमा सञ्चारकर्मीको एक जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री कार्कीले लोसपा गठबन्धनमा सहभागी हुने बारेमा शीर्ष तहमा छलफलहरू अघि बढिरहेको बताउनुभयो ।

गठबन्धनको कार्यदलको अर्को बैठक साउन २६ गते बिहीबार साँझ ४ बजे पुनः बस्ने पनि सञ्चारमन्त्री कार्कीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया