श्रावण ६, २०८२ मंगलबार July 22, 2025

जागिर पक्का हुनेगरी बायो डाटा बनाइदिन्छन् यी एपले, प्रयोग गर्नुभएको छ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामान्यतया कुनै पनि कार्यालयमा कामका लागि आवेदन दिँदा अति आवश्यक पर्ने कुरा हो व्यक्तिगत विवरण अर्थात् बायो डाटा। यसलाई अर्को शब्दमा रिज्यूम अथवा रेजुमी तथा सीभी पनि भनिन्छ।

पहिलो पटक जागिर खोज्दै गरेको फ्रेशर वा ‍अन्य ठाउँमा काम गरेर अनुभव बटुलिसकेका प्रोफेशनल सबैका लागि बायो डाटा उकसका बारेमा बुझ्ने सबैभन्दा सटिक र सहज दस्तावेज हो।

यसरी काम खोज्नका लागि वा पदपूर्तिका लागि माग गरिएको आवेदन दिँदा अति आवश्यक मानिने दस्तावेजका रुपमा मानिएको बायो डाटा आफैंले पनि बनाउन सकिन्छ भने केही रकम तिरेर पेशेवर संस्थामार्फत् पनि बनाउन सकिन्छ।

तर अब भने प्रविधिको विकाससँगै विभिन्न सुविधाहरु उपलब्ध हुने क्रममा सटिक र प्रभावकारी रुपमा बायो डाटा बनाइदिने केही एपहरु पनि बजारमा उपलब्ध छन्।

आज हामी गुगल प्ले स्टोरमा उपलब्ध यस्तै बायो डाटा बनाइदिने पाँच ओटा एपहरुका बारेमा चर्चा गर्दैछो जसले तपाईलाई जागिरका लागि आवेदन दिँदा जागिर दिलाउनमा सहयोगीसिद्ध हुन सक्छन्।

१. माइ रेजुमी/सीभी बिल्डर:

यो एप प्रयोग गर्न निकै सजिलो छ। यसमार्फत् बायो डाटा बनाउँदा यसले सामान्य जानकारीहरु माग्दछ। यी जानकारी चढाएपछि त्यहाँ उपलब्ध विभिन्न फर्म्याटमध्ये आफूलाई मन पर्ने फर्म्याट छान्नुपर्छ। यो एपमार्फत् बनेको बायो डाटा स्वत: पीडीएफ फर्म्याटमा सेभ हुन्छ।

२. मेक माइ रेजुमी:

यो एपमा सबैभन्दा पहिले टेम्प्लेट छान्नुपर्छ। त्यसपछि आफ्ना जानकारी चढाउनुपर्छ। यो फिचर निकै उपयोगी छ भने यो एपको यूजर इन्टरफेस अझ राम्रो छ।

यसबाहेक अन्य फिचर तथा अरु कुराहरु अरु एपहरुको भन्दा खासै फरक छैन। यसमा आफ्ना जानकारी चढाउनका लागि लेआउट चयन गरिसकेपछि काम शुरु हुन्छ।

यसबाहेक अन्य फिचर तथा अरु कुराहरु अरु एपहरुको भन्दा खासै फरक छैन। यसमा आफ्ना जानकारी चढाउनका लागि लेआउट चयन गरिसकेपछि काम शुरु हुन्छ।

३ माइ रेजुमी:

माइ रेजुमीमा सबैभन्दा पहिले आफ्ना आधारभूत जानकारी प्रविष्ट गर्नुपर्ने हुन्छ। यो एपमा फन्ट टाइप, कलर, साइज तथा यसप्रकारका तथ्यहरुको चयन गर्न सकिने फिचर उपलब्ध छ।

यसपछि आफ्नो तरिकाले रेजुमीलाई कस्टमाइज गर्न सकिन्छ। साथै रेजुमीमा हस्ताक्षर, ठाउँ तथा मिति जस्ता कुराहरु पनि समावेश गर्न सकिन्छ।

४. रेजुमी एप:

यो एपमा लग इन गर्नका लागि फेसबुक नभइ हुँदैन। यसको फङ्शन  निकै काम लाग्ने खालको छ। सिधै फेसबुक अकाउन्टबाट आवश्यक जानकारी तान्न सकिन्छ।

यो एपमा तीन ओटा टेम्प्लेट दिइएको छ। यसबाट बनेको रेजुमी सजिलैसँग प्रयोग गर्न सकिन्छ। यसको प्रयोग कभर लेटर बनाउनका लागि पनि गर्न सकिन्छ।

५. सुपर रेजुमी प्रो:

यो रेजुमी मेकर एपमा पनि सबैभन्दा पहिले एउटा टेम्प्लेट छान्नुपर्ने हुन्छ। यसका साथै यो एपले जागिरको प्रोफाइलका आधारमा रेजुमी लेआउट छान्ने सुझाव पनि दिन्छ। आवश्यक जानकारी चढाइसकेपछि बायोडाटा तयार हुन्छ। #टेक्नोलोजी खबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार