काठमाण्डौः नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए ।
बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । सचिवालय बैठकपछि एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ ।
एमालेले यसअघि निर्वाचन लक्षित सातै प्रदेशमा कार्याकर्तालाई प्रशिक्षण दिएको थियो । उक्त प्रशिक्षणको समेत समिक्षा गरिने एमाले नेताहरुले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया