असार २६, २०८२ बिहिबार July 10, 2025

एकताका लागि पशुपतिजी र प्रकाशजीको फोनको प्रतीक्षा छौँ : थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा (संयुक्त)बीच एकताको सहमति भइसकेको दावी गरेका छन्।

नेतृत्व ,सिद्धान्त र चुनाव चिन्हको विषय टुंगो लागिसकेको जानकारी दिँदै अध्यक्ष थापाले आफू पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको फोनको प्रतीक्षामा रहेको बताएका छन।

‘एकताको सबै टुंगो लागिसक्यो’, अध्यक्ष थापाले भने्, ‘म त पशुपतिजी र डाक्टर लोहनीजीको टेलीफोनको प्रतीक्षामा छु।’

मंगलबार बिहान बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले महाधिवेशनलाई बल पुग्ने गरी पार्टी एकता हुने स्पष्ट पारेका छन।

‘उहाँहरुले खबर नै गर्नु भएन भने चुप लागेर बस्ने कुरा भएन, संगठन निर्माणको काम निरन्तर अघि बढ्छ’, उनले भने।

अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसके पनि पाँच वर्षसम्म कायमै रहने बताएका छन। ‘विगतमा अस्थिरताबाट जनता वाक्क भएका छन्। सरकार ढाल्ने कुरामा जनताको रुचि छैन’, अध्यक्ष थापाले भने, ‘जनतालाई स्थिर सरकार चाहिएको छ।’

भ्रष्टाचार, बेथिति र ब्रम्हलुटको अन्त्यबिना मुलुकले स्थायित्व पाउन नसक्ने उनको धारणा थियो। राजा र राजसंस्थालाई अनावश्यक बिबादमा पार्न नहुने भन्दै चुनावभन्दा माथिको साझा संस्थाको रुपमा राजसंस्थालाई राख्नु पर्ने उनको भनाई थियो।

अध्यक्ष थापाले एमसीसीको देशको हितमा रहे पनि नागरिकमा अनेक आशंका पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताएका छन। ‘सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ’ उनले भने, ‘एमसीसी संसद्मा पारित हुने विषय ठूलो नभए पनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्छ।’

पत्रकार सम्मेलनमा वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरणबहादुर गुरुङ, प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री राजाराम बर्तौलाको उपस्थिति रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार