असार २८, २०८२ शनिबार July 12, 2025

गठबन्धन दलले छेकेर एमाले छेकिन्न : अध्यक्ष ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले आगामी निर्वाचनमा एमालेलाई विजयी हुनबाट हरप्रयास गर्ने भए पनि जनताको शक्तिले एमाले बहुमतसाथ विजयी भएर आउने बताउनुभएको छ ।

लोकतान्त्रिक शेर्पा सङ्घ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले एमालेको नीति र सङ्गठनमा आबद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आम जनताले बुझिसक्नुभएको उहाँले बताउनुभयो । गठबन्धनले छेकेर एमाले नछेकिने उहाँको भनाइ छ ।

एमालेको शक्ति र पार्टीप्रति देखिएको जनलहरले सत्तपक्षी दल अत्तालिएको पनि अध्यक्ष ओलीले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘तराई मधेशलाई झुक्याउन खोजियो । तराई मधेशलाई झुक्याएर गलत बाटोमा लग्न खोजियो । आज त्यहाँका नागरिक जागरुक भएका छन् ।’ एमालेको बहुमत रोक्न सत्ता गठबन्धन दल लागिरहेको भए पनि त्यसले फरक नपर्ने उहाँले बताउनुभयो ।

समृद्ध नेपाल र सुःखी नेपालीको पक्षमा नेपाली जनता रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यो काम एमाले नेतृत्वको सरकारले मात्र सम्भव हुने बताउनुभयो । एमालेको नीति र सङ्गठनका आबद्ध भएर मात्रै नेपाललाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।

देशलाई समृद्ध बनाउन एमाले विजयी हुनुपर्छ अध्यक्ष ओलीले थप्नुभयो, “देशलाई ओरालो लाग्न नदिन, देशलाई माथि उठाउन एमाले चाहिन्छ । देश बनाउन एमालेको सरकार चाहिन्छ ।” अध्यक्ष ओलीले देश बनाउने शक्ति एमाले मात्र भएकाले नेपाली जनताले आगामी निर्वाचनमा एमालेको पक्षमा उभिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया