असार २६, २०८२ बिहिबार July 10, 2025

दलीय असहमति मिलाउने थलो संसदीय समिति हो : सभामुख सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्वपूर्ण थलो ससंदीय समिति बनेको बताएका छन् ।

कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा आज उनले संसद्को महत्वपूर्ण काम कानून निर्माणमा समितिको भूमिका प्रभावकारी भएको बताए ।

“उदीयमान व्यवस्थापिकाको चाहना भनेकै संसद्लाई जीवन्त र जनमुखी बनाउनु हो”, सभामुख सापकोटाले भने, “संसद्लाई जीवन्त बनाउनेतर्फ नै मेरो सम्पूर्ण ध्यान केन्द्रित छ ।”

बजेट अधिवेशनमा २८ वटा विधेयक पारित भएको र गुणात्मक कानून निर्माणमा संसद्ले अझ बढी मेहनत गर्न आवश्यक रहेको स्पष्ट पार्दै उनले सङ्घीय संसद्का कतिपय समितिमा दोहोरोपन देखिएको भन्दै यस्ता विषयमा समीक्षा गर्नुपर्ने बताए ।

गृहमन्त्री बालकृष्ण खाणले समितिले संसद्, कानून र मानव अधिकारको विषयलाई समेटेर समितिले अभ्यास र उपलब्धिलाई पुस्तकका रूपमा प्रकाशन गरेर अभिलेखीकरण गर्ने काम महत्वपूर्ण भएको बताए। उनले यस्ता अभ्यासले भएका दस्तावेजहरुलाई एकीकृतरूपमा अध्ययन गर्न काम लाग्नेसमेत बताए ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले समितिले प्रकाशन गरेको पुस्तकमा समितिका अभ्यास, उपलब्धि र केही विज्ञका लेखहरु प्रकाशन गरेको भए पनि अन्य अतिआवश्यक विषयहरु राख्न सकिने सुझाव दिए ।

समिति सदस्यहरु देवप्रसाद गुरुङ, मीन विश्वकर्मा र शेरबहादुर तामाङले प्रकाशित पुस्तकमा समितिले गरेका महत्वपूर्ण कामहरु समेटिए पनि केही विषयहरु छुटेको बताएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार