असार २८, २०८२ शनिबार July 12, 2025

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे हृदयेश त्रिपाठी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ ।

सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन्। ‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ,’ त्रिपाठीले ओलीसँग भने, ‘अहिले मसँग पार्टी छ। अब दुई पार्टीबीच तालमेल गरेर अघि बढ्दा उचित होला । ’

भेटमा एमाले र नेपाल समाजवादीबीच चुनावमा तालमेल गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया