असार २८, २०८२ शनिबार July 12, 2025

काँग्रेस महामन्त्री शर्माले गरे झापाबाट चुनाव लड्ने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय चुनाव झापाबाटै लड्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् चुनावबारे प्रस्ट्याउँदै उनले आफू काठमाण्डुबाट चुनाव नलड्ने बताएका हुन् ।

‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता, घरजम यता कुरै हुन्न ।’, शर्माले ट्वीटरमार्फत भनेका छन् ।

शर्मा अघिल्लोपटक झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र (राम) कार्कीसँग पराजित भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया