काठमाडौंः संघीय संसद प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया