काठमाडौंः नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा-साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ ।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले उहाँहरूलाई स्वागत गर्नुभएको हो ।
कार्यक्रममा एमालेका नेताहरूको सहभागिता थियो । यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद प्रल्हाद गिरी एमालेमा प्रवेश गर्नुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया