असार २८, २०८२ शनिबार July 12, 2025

राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन : कमल थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपा नेपाल पुनर्जागृत गरेपछि अध्यक्ष कमल थापाले पहिलो पटक आज झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट सञ्चालन हुने पार्टी नभएको बताए ।

‘कुनै अँध्यारो कुना र शक्तिको रिमोट बाट राप्रपा नेपाल सञ्चालित हुँदैन,’ थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गर्दै थापाले उच्च मनोबलका साथ संगठन निर्माणमा क्रियाशील हुन कार्यकर्तालाई आग्रह गरे ।

नेपाली जनताले विकल्पको खोजी गरिरहेको भन्दै उनले राप्रपा नेपाललाई नेपाली जनताले खोजेको वैकल्पिक शक्ति बनाउने अभियानमा आफू लागिरहेको बताए । राष्ट्रियताको संवर्द्धन ,प्रजातन्त्रको सुदृढीकरण, धर्म संस्कृतिको रक्षा र आर्थिक समृद्धिको एजेन्डा बोकेको पार्टी राप्रपा नेपाल भएकोले यसलाई बलियो बनाउन नेपाली जनताले साथ दिनुपर्नेमा उनको जोड थियो ।

बेरोजगारी, भ्रष्टाचार, कुशासन, धर्म परिवर्तन अहिले देशको मुख्य समस्या र चुनौती भएको चर्चा गर्दै थापाले ठूला भनिने दलहरूसँग दूरदर्शिता र इमानदारिता नभएको बताए ।

आगामी चुनावमा केही सिटमा तालमेल हुने र देशैभरी राप्रपा नेपालले आफ्नो उम्मेदवारी खडा गर्ने समेत थापाले स्पष्ट पारे । चुनावी तालमेल  नेकपा एमाले सङ्ग हुने सम्भावना बढी भएको समेत उनले बताए ।

राप्रपा नेपाल झापा अध्यक्ष कमल खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेताहरू लाक्पा तामाङ, सुशील श्रेष्ठ, राजाराम बर्तौला, बसन्तमानसिंह अधिकारी, वासुदेव भट्टराई, ममता राई, देबिरमण भट्टराईलगायतले बोलेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार