असार २८, २०८२ शनिबार July 12, 2025

आगामी निर्वाचनमा एमालेले मुद्दा मिल्ने पार्टीसँग तालमेल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेकपा (एमाले) ले आफ्नो मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, “हामी चुनौती सामाना गरेर एक्लै चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो । यस क्रममा जो–जोसँग एजेण्डा मिल्छ सोही पार्टीसँग चुनावी तालमेल गर्ने छौँ ।”

आजको बैठकबाट यही भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरिएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुने निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष ओलीले आफूले पेश गर्ने प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्था र गठबन्धन सरकारले गरेका गलत क्रियाकलाप र आगामी निर्वाचनबारे राजनीतिक प्रतिवेदन उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा १३ जना स्थायी कमिटी सदस्यले आ–आफ्नो धारणा राख्नु भएको छ । धनश्याम भुसाल, कर्ण थापा, प्रभु साह, गोरखबहादुर बोगटी, शेरधन राई, रघुजी पन्त, गुरु बराल, शेरबहादुर तामाङ, मणिचन्द्र थापा, खगराज अधिकारी, सुभाष नेम्वाङ र हिक्मत कार्कीले अध्यक्ष ओलीको प्रतिवेदनमा आआफ्नो धारणा राख्नुभयो ।

ओलीको राजनीतिक प्रतिवेदनमा चुनावमा कसरी जाने, चुनावी रणनीति, आगामी राजनीतिक कार्यदिशा के हो भनेर स्पष्ट हुने प्रमुख गुरुङले बताउनुभयो । बैठकले तेस्रो केन्द्रीय कमिटीले गरेका निर्णयको अनुमोदनसमेत गरेको उहाँले जानकारी दिनुभयो । निर्वाचन घोषणा मस्यौदा कमिटीले तयार पारेको मस्यौदा केन्द्रीय कमिटीमा प्रस्तुत हुने छैन । यस्तै पार्टीको वार्षिक बजेट पनि आजको बैठकले पास गरेको छ । पार्टीका नवप्रवेशीलाई व्यवस्था गर्नका लागि केही समस्या देखिएमा केन्द्रको अनुमतिमा जिल्ला वा अन्य कमिटीमा व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । केन्द्रीय सल्लाहाकार परिषद्मा तीन जनालाई मनोनयन गरिएको छ ।

प्रचार विभाग प्रमुख गुरुङका अनुसार कुलभक्त शाक्य, गेभी नेपाली र नवराज पौडेललाई परिषद्मा मनोनयन गरिएको छ । यस्तै विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेकालाई समेत केन्द्रीय कमिटीमा मनोनयन गरिएको छ । जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले उम्मेदवार तय गर्नका लागि मापदण्ड केन्द्रीय कमिटी बैठकमा पेश गर्ने उहाँले बताउनुभयो । एमालेमा आठ लाख ५५ हजार चार सय ५३ पार्टी सङ्गठित सदस्य रहेकामा ५२ हजार पाँच सय ५० पार्टी सदस्य नम्बर सङ्ख्या दोहोरिएको छ । पार्टी सङ्गठन विभागले दोहोरिएको सदस्यता नम्बरको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

आजको बैठकमा गण्डकी प्रदेशको इञ्चार्ज बाहेक सबै प्रदेशका इञ्चार्जले प्रदेशमा पार्टीको अवस्था, साङ्गठनिक गतिविधि, कस्तो छ भनेर रिपोर्टिङ गर्नुभएको गुरुङले बताउनुभयो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले आजदेखि भदौ १२ गतेसम्म  स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार