श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मोबाइल रेडिएसन के हो ? यो कति खतरनाक हुन्छ ? जानीराखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्मार्टफोन मानिसहरुको आवश्यकता भइसकेको छ। स्मार्टफोनले मानिसको जीवन धेरै सहज बनाएको छ। स्मार्टफोन प्रयोग गर्ने बानी परेकालेलाई यो बिना समय बिताउन धेरै मुस्किल हुने गर्छ।

हरेक सिक्काको दुई पाटा हुन्छन्। त्यस्तै स्मार्टफोनको फाइदाका साथै बेफाइदा पनि छन्। यो पटक हामी मोबाइलबाट उत्पन्न हुने रेडिएसनको विषयमा कुराकानी गर्ने छौं। मोबाइल रेडिएसन भनेको के हो र यसले स्वस्थ्यमा कस्तो असर गर्छ भन्ने जानकारी दिन गइरहेका छौं।

के हो मोबाइल टावर रेडिएसन?

एउटा डिभाइस अर्को डिभाइसमा कनेक्ट हुनका लागि नेटवर्कको आवश्यकता पर्छ। मोबाइल फोन पनि यही प्रक्रिया अन्तर्गत आउँछ। मोबाइल फोनको नेटवर्कका लागि टेलिकम कम्पनी आवश्यकताको आधारमा विभिन्न स्थानमा टावर जडान गर्ने गर्छन्।

नेटवर्कका लागि रेडिएसन (विकिरण) दुई प्रकारको हुन्छ। पहिलो टावरबाट निस्कने र अर्को मोबाइलको रेडिएसन। टावरबाट निस्कने रेडिएसन आम मानिसले चेक गर्न सक्दैनन्, तर फोनको रेडिएसन चेक गर्न सकिन्छ। टावरको रेडिएसन हाम्रो सिँधै सम्पर्कमा आउँदैन। यसको नकारात्मक प्रभाव शरिरमा कम पर्छ। तर फोन हामीसँग हर समय साथ हुन्छ। र यसको प्रभाव पनि धेरै हुन्छ।

हामी जुन मोबाइल फोन प्रयोग गछौं त्यसमा एक विशेष प्रकारको वेब (इलेक्ट्रोम्यागनेटिक रेडिएसन) हुन्छ। रेडिएसनलाई आम जनजीवनका लागि हानिकारक मानिन्छ।

मोबाइलको रेडिएसनबाट मानसिक डिप्रेसनलगायतका धेरै घातक रोग लाग्ने सम्भावना हुन्छ। यदि तपाई आफ्नो मोबाइल फोनको रेडिएसन चेक गर्न चाहनु हुन्छ भने यसका लागि मोबाइलमा स्टारह्यास०७ह्यास डायल गर्नुपर्छ। उक्त नम्बर डायल गरेपछि मोबाइल स्क्रिनमा रेडिएसन सम्बन्धि जानकारी देखिन्छ। यसमा दुई प्रकारले रेडिएसनको स्तर देखिन्छ। एउटा हेड र अर्को बडी। हेड अर्थात फोनमा कुराकानी गर्दा उत्पन्न हुने रेडिएसनको स्तर र बडी अर्थात फोन प्रयोग गर्दा हुने रेडिएसनको स्तर।

मोबाइल रेडिएसनबाट हुने नोक्सानी

मोबाइल रेडिएसनले मस्तिष्कको क्यान्सर, एकाग्रता, आँखामा समस्या, तनाव बढ्ने, जन्मको जोखिम, न्यूरोडिजेनेरेटिभ डिसअर्डर, मुटुको जोखिम, प्रजनन क्षमता र श्रवण समस्या लगायत निम्त्याउन सक्छ। एम्स र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) गरेको एक अध्ययनले मोबाइल फोनको रेडिएसनले बहिरोपन र नपुंसकता पनि निम्त्याउने दाबी गरेको छ। तर हालसम्म यसको कुनै पनि प्रमाण फेला परेको छैन।

मोबाइल रेडिएसन कति हुनु पर्छ?

इन्टरनेस्नल कमिसन अन नन् आयोनाइजिङ रेडिएसन प्रोटेक्सन (आईसीएनआईआरपी)को मापदण्ड अनुसार स्पेसिफिक एब्जोप्र्सन रेट (सार) तह कुनै पनि स्मार्टफोन, ट्याबलेट र अन्य स्मार्ट डिभाइसको रेडिएसन २ वाट प्रति किलोग्रामभन्दा धेरै हुनु हुँदैन। अधिकांश स्मार्टफोनहरुले यो मापदण्ड पुरा गर्छन्। भारत र अमेरिकाले भने डिभाइसको रेडिएसन १.६ वाट प्रति किलोग्राम तोकेका छन्। कुन स्तरकोे रेडिएसन हानिकार हुँदैन भन्ने विश्वव्यापी रुपमा मापदण्ड तोकिएको छैन।

रेडिएसनबाट कसरी बच्ने

स्मार्टफोन मानव जीवनको एक महत्वपूर्ण हिस्सा बनिरहेको छ। मानिसहरु स्मार्टफोनको आदि भइसकेका छन्। यस्तोमा रेडिएसनबाट मुक्त जीवनको कल्पना गर्न सम्भव छैन। तर यसबाट हुने क्षतिलाई भने केही हदसम्म न्यूनिकरण गर्न सकिन्छ। विशेषज्ञका अनुसार फोन चार्जमा राखेर कुराकानी गर्नु हुँदन। यस्तो समयमा मोबाइलको रेडिएसन १० गुणासम्म बढ्छ।

नेटवर्क कमजोर र ब्याट्री डिस्चार्ज हुँदा फोनमा कुराकानी नगर्ने। यस समय पनि रेडिएसनको मात्रा बढी हुन्छ। फोनमा कुराकानी गर्दा सकभर इयरफोन र हेडफोनको प्रयोग गर्ने। यसबाट रेडिएसनलाई शरिरहेको सिँधा सम्पर्कमा आउनबाट रोक्न सकिन्छ। टेक्नोलोजीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार