श्रावण ६, २०८२ मंगलबार July 22, 2025

२१० वाटको फास्ट चार्जर ल्याउँदै साओमी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्मार्टफोन निर्माता साओमीले २१० वाट क्षमताकाे फास्ट चार्जर ल्याउने भएकाे छ । हालै कम्पनीले याे अल्ट्रा फास्ट चार्जिङ प्रविधिका लागि चिनियाँ प्रमाणीकरणबाट स्वीकृति पाएकाे हाे ।

साओमीले यसअघि २०० वाटको फास्ट चार्जर ल्याइसकेको छ, जसले ‘मि ११ प्रो’ स्मार्टफाेनको ब्याट्रीलाई ८ मिनेटमा फुल चार्ज गर्नसक्ने बताइएकाे छ ।

तर, साओमीले सोही चार्जरका लागि उपयुक्त हुने स्मार्टफोन व्यापारिक प्रयोजनका लागि बजारमा ल्याएको छैन । यद्यपि साओमी त्यस्तो चार्जरमा काम गरिरहेको छ, जसले फोन अझ कम समयमा चार्ज गर्नसक्छ ।

साओमीले २१० वाटको एमडीवाई-१२-ईयू (MDY-13-EU) चार्जको प्रमाणीकरण पाएकाे हाे । हालसम्म यस चार्जरले पाएको प्रमाणीकरण बाहेक मुख्य विशेषताबारे जानकारी बाहिर आएको छैन ।

यसले कसरी स्मार्टफोनलाई कम समयमा चार्ज गर्छ, कुन स्मार्टफोनमा यो चार्जर आउँछ भन्ने कुरा गोप्य नै राखिएकाे छ । फास्ट चार्जरको मामलामा साओमीमात्र अघि छैन ।

‘आईकू १० प्रो’ स्मार्टफोनमा उपलब्ध हुने २०० वाटको फास्ट चार्जर बजारमा आइसकेको छ । यस चार्जरबाट ४७०० एमएएच क्षमताको ब्याट्री पूर्णरूपमा चार्ज हुन १० मिनेट लाग्ने बताइएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार