श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भिभो २५ फाइभजी र भी २५ ई को ‘प्रि–बुकिङ’ खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी २५ सिरिजका स्मार्टफोन भी २५ फाइभजी र भी २५ ई नेपाली बजारमा उपलब्ध गराउने भएको छ । नेपालीहरूका ठूला चाड दशैं र तिहार नजिकिँदै गर्दा कम्पनीले यी फोनको ‘प्रि–बुकिङ’ खुलाको हो ।

ग्राहकले सेप्टेम्बर ४ देखि ७ सम्म (भदौ १९ देखि भदौ २२ गते सम्म) भी२५ सिरिजका स्मार्टफोन प्रि–बुक गर्न सक्ने छन् । कम्पनीका अनुसार भी२५ फाइभजीको प्रि–बुकिङमा ग्राहकले उपहार स्वरुप ‘भिभो नेकब्याण्ड’ प्राप्त गर्नेछन् । त्यस्तै भी२५ईको प्रि–बुकिङमा ‘एंकर यूआई नेकब्यान्ड’ पाउन सकिने छ ।

कम्पनीका अनुसार बजारमा भी२५ र भी२५ई दुवैमा रङ्ग परिर्वतन हुने ग्लास रहेको छ । सूर्यको प्रकाशमा पर्दा फोनको स्क्रिनको रङ्ग परिवर्तन हुनेछ । यी दुवै फोनमा ६४ मेगापिक्सेलको ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा रहेको छ ।

 

भने, भी २५ फाइभजीमा ५० एमपी अटो फोकस पोर्ट्रेट फ्रन्ट क्यामेरा रहेको छ । जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ । साथै, भी२५ई मा ३२ एमपी फ्रन्ट क्यामेरा दिइएको छ ।

भी२५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी२५ई मा मिडिया टेक हेलियो जी९९ प्रोसेसर राखिएको छ । यी दुवै फोनमा ४५०० एमएएच ब्याट्री दिइएको छ । ४४ वाट फ्ल्याश चार्जर युक्त यी फोन ८ जीबी र्‍याम तथा १२८ जीबी रोम भेरियन्टमा उपलब्ध हुनेछन् ।

“भिभोले फोटोग्राफी केन्द्रित ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको छ,’ भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भी२५ सिरिजले प्रयोगकर्तालाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्नेछ । दुवै स्मार्टफोन, भी२५ फाइभजी र भी२५ईमा सेग्मेन्टकै उत्कृष्ट विशेषता रहेका छन् ।”

कम्पनीका अनुसार भी२५ फाइभजी अक्वामेरिन ब्लु र डाइमण्ड ब्ल्याक गरी दुई फरक कलर भेरियन्टमा उपलब्ध हुनेछ । जसको बजार मूल्य ५२ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै भिभो भी २५ ईको मूल्य ४२ हजार ९९९ रुपैयाँ राखिएको छ । यो फोन सनराइज गोल्ड र डायमण्ड ब्ल्याक गरी दुई कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार