श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सामसङको ए सिरिजको सस्तो फोन नेपाली बजारमा उपलब्ध, कति छ मूल्य ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सामसङले लामो समयदेखि प्रतिक्षित फोन ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक गरेको छ। यो फोन उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको कम्पनीको दावी छ ।

यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा सस्तो फोन हो। क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस यसका विशेषता हुन् ।

आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्नेका लागि यो एक उत्तम कम्बो भएको सामसङको भनाइ छ । सामसङ ए १३ मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । त्यस्तै ५ मेगापिक्सेल अल्ट्रा वाईड र २ मेगापिक्सेल डेप्थ र म्याक्रो सेन्टर राखिएको छ ।

सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । ५ हजार ब्याट्री रहेको फोनमा १५ वाटको फास्ट चार\जिङ उपलब्ध छ । ए १३ ले सामान्यतया प्रयोग गर्दा दुई दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्ने सामसङले जनाएको छ ।

यसमा मेमोरी कार्ड स्लट समेत राखिएको छ, जसलाई १ टिबीसम्म विस्तार गर्न सकिने छ । सुरक्षाको लागि सामसङले फोनमा नक्स सेक्युरिटी प्रयोग गरेको छ ।

आवश्यक पर्दा फोनको र्‍याम ६ जीबीसम्म बढाउन सकिने कम्पनीको भनाइ छ । सामसङ ए १३ को मूल्य २१ हजार ४९९ रूपैयाँ तोकिएको छ । आईसिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार