श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आईफोन १४ सिरिज सार्वजनिक, यस्ता छन् मोडेल, फिचर र मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एप्पलले बहुप्रतिक्षित आईफोन १४ सार्वजनिक गरेको छ । बुधबार राति ‘फार आउट’ इभेन्ट गर्दै एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स गरी चार माेडल सार्वजनिक गरेकाे हाे ।

त्यस्तै कम्पनीले एप्पल वाच अल्ट्रा र एप्पल वाच एसई पनि सार्वजनिक गरेको छ । घोषणा हुनुअगावै आईफोन १४ सिरिजबारे थुप्रै टिका टिप्पणी तथा विश्लेषण बाहिर आएका थिए । यहाँ हामीले आईफोन १४ मा भएका महत्त्वपूर्ण फिचर, त्यसको मूल्य र डिजाइनका बारेमा जानकारी दिएका छौँ ।

डिजाइन

कम्पनीले अन्य सिरिज जस्तो आईफोन १४ सिरिजको डिजाइनमा पनि कुनै परिवर्तन गरेको छैन । यसमा पहिलेको सिरिज जस्तै पछाडिको भागमा ग्लास, धातुको किनारा र दुईदेखि तीन ओटासम्म रियर क्यामेरा रहेका छन् ।

यद्यपि आईफोन १४ सिरिजको चौडाइ अन्य सिरिजको भन्दा बढी छ । चाैडाइ बढी भएकाले क्यामेरा अन्य सिरिज जस्तो बाहिर निस्किएकाे छैन ।

यही सानो परिवर्तनले गर्दा आईफोन १३ मा प्रयोग गरिरहेको फोन केस (फोनको कभर) भने यसमा उपयुक्त हुँदैन ।

त्यस्तै अगाडिको भागको कुरा गर्ने हो भने कम्पनीले नयाँ सिरिजको नचमा केही परिवर्तन ल्याएको छ । नयाँ सिरिजको प्रो र प्रो म्याक्स मोडेलमा नच हटाइएको छ ।

फेस आईडी सेन्सर र क्यामेराका लागि भने पिल सेप्ड (क्याप्सुल आकारको) नच समावेश छ । तर, आईफोन १४ र आईफोन १४ प्लस मोडेलमा भने पहिलेको जस्तै नच हुने बताइएको छ ।

६.७ इन्च डिस्प्ले रहेको मोडेललाई आईफोन १४ प्लस नाम दिइएको छ । आईफोन १४ को बेस मोडेल र प्लस मोडेलको आकार एउटा रहनेछ भने प्रो र प्रो म्याक्स मोडेलको आकार अर्को हुनेछ ।

नयाँ सिरिजमा एप्पलको लाइटिनिङ पोर्ट समावेश गरिएको छ । सम्भवतः आईफोनको लाइटनिङ पोर्ट प्रयोग भएको यो नै अन्तिम सिरिज हुनेछ ।

क्यामेरा

नयाँ सिरिजमा भएको क्यामेराको बारेमा विस्तृत रूपमा कुरा गर्नुपर्दा आईफोन १४ को बेस मोडेलमा डुअल (दुई ओटा) क्यामेरा समावेश हुनेछ, जुन १२ मेगापिक्सेलका रहनेछन् ।

क्यामेरा सेन्सरका साथै एप्पलले फोटोनिक इन्जिन फिचर प्रयोग गरेर लो लाइट पर्फमेन्समा सुधार ल्याएको छ । त्यस्तै प्रो र प्रो म्याक्स मोडेलमा भने तीन ओटा क्यामेरा रहनेछन्, जसमा वाइड, अल्ट्रा वाइड र टेलिफोटो लेन्स समावेश छन् ।

अन्य फिचरहरू आईफोन १३ को प्रो र प्रो मोडेलसँग मिल्न गए पनि यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । प्रो मोडेलमा भएको ४८ मेगापिक्सेलकाे क्यामेरा सेन्सरका माध्यमबाट हामी एटके (8k) भिडिओ खिच्न सक्छौँ ।

त्यस्तै एप्पलले सेल्फी क्यामेरामा पनि केही सुधार ल्याएको छ ।

फिचरहरू

आईफोन १४ सिरिजको कुरा गर्नुपर्दा, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स ए१६ बायोनिक चिपद्वारा सञ्चालित छन् । त्यस्तै आईफोनको बेस मोडेल र प्लस मोडेलमा भने पहिले जस्तै ए१५ चिप समावेश छ ।

यी मोडेलमा किन ए१६ चिप प्रयोग नभएको भन्नेबारे एप्पलले कुनै जानकारी दिएको छैन । एप्पलले फोनलाई आकर्षित बनाउन प्रो र प्रो म्याक्स मोडेलमा पिल आकारको क्यामेरा आकार समावेश गरेको छ ।

तर, बेस मोडेल र प्लस मोडेलमा भने अन्य सिरिज जस्तै नच समावेश छ । प्रो र प्रो म्याक्स मोडेलमा भएको नचको फिचरलाई कम्पनीले डाइनामिक आइल्याण्डको नाम दिएको छ ।

एप्पलले परिवर्तन नगरेको अर्को कुरा हाे, यसको डिस्प्ले । आईफोन १४ र आईफोन १४ प्लसमा ६० हर्जको डिस्ले रहेको छ भने बाँकी दुई आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स मोडेलमा १२० हर्ज रिफ्रेस रेटको डिस्प्ले समावेश छ ।

यस सिरिजका सबै फोनमा ओएलईडी स्क्रिन छ । त्यसैगरी आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा २००० निट्सको ब्राइटनेस रहेको छ, जुन आईफोन १३ को तुलनामा दुई गुणा बढी हो ।

कम्पनीले गरेको सबैभन्दा रोचक निर्णय त के हो भने यसले भौतिक सिम कार्ड ट्रे निकालेको छ । यसमा अब ई-सिम प्रयोग गर्न सकिनेछ ।

प्रो र प्रो म्याक्स मोडेलमा १ टीबीसम्मको स्टोरेज क्षमता र डब्ली भिजन रहेको छ ।

यस सिरिजमा फेस आईडी बायोमेट्रिस, म्याग सेफ चार्जिङ एक्सेसिरिज, भिडिओ स्टेबलाइजेसन, फाइभजी सपोर्ट, वायरलेस चार्जिङ, क्रयाश डिटेक्सन, अत्यावश्यक परेको बेला स्याटलाइट नेटवर्क प्रयोग गर्ने र अलवेज-अन डिस्प्ले जस्ता फिचर समावेश छन् ।

मूल्य

नयाँ सरिजिमा के कस्ता विशेषता छन् भन्ने बुझिसकेपछि अब कुरा गरौँ यसको मूल्यबारे । एप्पलले आईफोन १४ को मूल्य करिब एक लाख एक हजार रुपैयाँ (७९९ डलर) तोकेको छ ।

त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब एक लाख १३ हजार ८०० रुपैयाँ (८९९ डलर) रहेको छ ।

त्यसैगरी आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलको मूल्य क्रमशःः करिब एक लाख २६ हजार ५०० रुपैयाँ (९९९ डलर) र करिब एक लाख ३९ हजार २०० रुपैयाँ (१०९९ डलर) रहेको छ ।

यदि तपाईँ आफूलाई आफोन १४ को बेस मोडेल वा प्लस मोडेल खरिद गर्न चाहनुहुन्छ भने तपाईँले मिडनाइट, स्टारलाइट, निलो, रातो र सेतो रङ्गमा पाउन सक्नुहुन्छ । त्यस्तै प्रो र प्रो मोडेल ब्ल्याक, गोल्ड, सिल्भर र बैजनी रङ्गमा उपलब्ध छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार