श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भिभोको दशैं तिहार अफर : हरेक भिभो फोनको खरिदमा २ जनाले भी२५ फाइभजी जित्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भिभोले भी सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन भी२५ सिरिज नेपालमा सार्वजनिक गरेको छ । भिभोले प्रि–बुकिङका लागि उपलब्ध गराएको ४ दिनमा ६ सय भन्दा बढि भी२५ सिरिजको प्रि–बुकिङ भएको जनाएको छ ।

भी२५ र भी२५ई दुबैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुबै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, “भिभोमा हामी युवा प्रयोगकताहरुका लागी नवीनतम, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन समायोजन गरेर उनीहरुको व्यक्तित्व झल्काउने स्मार्टफोन प्रदान गर्दछौं । भिभोको वर्षौंको अनुसन्धान र नवीनताको संयोजक भी२५ सिरिजमा यी सबै विशेषताहरु छन् जसले प्रयोगकर्ताहरुको व्यक्तित्व अझ झल्काउनेछ । साथैं हामीले ग्राहकहरुका लागि दशैं तिहार योजना ल्याएका छौं जसमा ग्राहकहरुले हरेक भिभो मोबाइलको खरिदमा आकर्षक उपहार जित्न सक्नेछन् ।”

भिभोले भदौं २३ गते देखि “दशैं तिहार भिभोको साथमा उपहार हातमा” योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा, २ जनाले भी२५ फाइभजी जित्न सक्नेछन, त्यस्तै हरेक हप्ता १ जनाले वाई१५सी जित्न सक्नेछन् र हरेक दिन एक जनाले भिभोको टीडब्लूएस २ई नेकब्यान्ड, हरेक दिन ३ जनाले एनकरको यू२आई नेकब्यान्ड र ४ जनाले भिभो फुटबल तथा ३० हजार माथिको फोन खरिदमा सियोर सटमा ६ महिनाको वारेन्टी पाउँन सक्नेछन् । यो योजना कात्तिक १४ गतेसम्म लागू हुनेछ । त्यसैले मौंकाको फाइदा उठाउनुहोस् र आजै भिभो मोबाइल खरिद गर्नुहोस् ।

त्यस्तै, हालै सार्वजनिक भएको भी२५ श्रृंखलामा उत्कृष्ट क्यामेरा क्षमता छ । भी २५ फाइभजी र भी२५ई दुवैमा ६४एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ । रियर क्यामेरामा हाइब्रिड इमेज स्टेबिलाइजेशन छ जसले क्लियर भिडियो रेकर्ड गर्न अनुमति दिन्छ । साथै भी२५ सिरिजमा बोकेह फ्ल्येर पोट्र्रेट लगायत अन्य क्यामेरा विशेषताहरु छन् । भी२५ फाइभजीमा ५०एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ । साथै, भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरूलाई फोटोग्राफी अनुभव पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ ।

भी२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसमा डबल एक्सपोजर, डुअल भ्यू भिडियो, ९० हर्ज अल्ट्रा भिजन स्क्रिन लगायतका विशेषताहरु छन् ।

भी२५ फाइभजी –अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा रु ५२ हजार ९९९ उपलब्ध छ र भिभो भी२५ई –सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा रु ४२ हजार ९९९ मा उपलब्ध छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार