श्रावण ६, २०८२ मंगलबार July 22, 2025

असुसको नयाँ जेनबुक प्रिमियम ल्यापटप नेपालमा, कति छ मूल्य ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः असुसले नेपालमा नयाँ जेनबुक प्रिमियम ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले जेनबुक प्रिमियम ल्यापटप इन्क्रेडिबल कम्स फ्रम विदिन क्याम्पेन अभियान अन्तर्गत सार्वजनिक गरेको हो ।

नेपालमा जेनबुक प्रिमियम ल्यापटपको बिक्री असुसको आधिकारिक विक्रेता नागमनी इन्टरनेशनलले गर्दै आएको छ । यसका केही अत्यन्तै रोचक फिचरहरु रहेका छन् । यसको बाहिरी भाग पूर्ण रुपले एल्मुनियमले निर्मित भएका कारणले यसलाई कतै घुम्न जाँदा सजिलै लान सकिन्छ ।

जेनबुक १४ ओएलईडीमा ब्याट्रीको चिन्ता पनि लिनुपर्दैन् । यसमा लामो समय सम्म टिक्ने ७५ वाट आवरको ब्याट्री रहेको छ । यसले प्रयोगकर्तालाई १८ घण्टासम्म काम गर्न दिनछ । यसमा ४९ मिनेटमा ६० प्रतिशत चार्ज पनि गर्न सकिन्छ । यही कारणले चार्ज गर्नम पनि समस्या छैन् ।

यसमा १२ औँ जेनेरेसनको इन्टेल कोर आईसेभेन प्रोसेसर रहेको छ । ल्यापटपमा १६ जीबी र्‍याम र इन्टेल आइरिस एक्सई ग्राफिक्स रहेको छ । यसले वायरलेस कनेक्सन पनि प्रदान गर्ने गर्दछ ।

यसको तौल १.४ किलोग्रामको रहेको छ । यो सेप्टेम्बर ७ अर्थात आजदेखि दराजमा र अरु कम्प्युटर स्टोरमा २ लाख १४ हजार ४ सय ४४ रुपैयाँमा उपलब्ध हुन्छ । आईसिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार