असार २४, २०८२ मंगलबार July 8, 2025

कसरी पर्छ पानी ? जानीराख्नुहोस् ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बुझ्ने कोसिस गरियो भने थुप्रै कुराहरु सजिलैसंग बुझिन्छ । आफ्नो ज्ञान पनि बढ्छ र सन्तुष्टि पनि मिल्छ | आजको युगमा साधारण हिसाबले जीबनयापन गर्न पनि धेरै कुरा जान्नु पर्ने भैसकेको छ । एउटा साधारण पाठ्यक्रममा सबै कुरा अट्न पनि सक्दैनन र स्कूलकोमात्र भरपर्ने हो भने ज्ञानक्षेत्र फराकिलो बन्न पनि सक्दैन | सिकेको कुरा अपूर्ण अर्थात् सिमित हुनु भनेको खासै जीवन उपयोगी नहुनु हो । कोरा ज्ञान अथवा बुर्जुवा शिक्षा भनेको पनि त्यही हो ।

अलिकति तर्क गर्यो भने वा जान्न चाह्यो भने जता हेर्यो त्यतै, जहाँ गयो त्यहीं विश्वविद्यालयहरु ठोकिन आउँछन् । जस्तै:- पानी पर्ने प्रक्रियाका अन्तर्गतका बस्तु जमिन, हावा, समुद्र, ताल, खोलानाला, आकाश, बादल आदि सबै हाम्रै आँखाअगाडि नै त छन् !

हामीले प्रयोग गर्ने तथा नगर्ने सबैखाले पानी सदैब एउटा चक्रमा घुमिरहेको हुन्छ । यो पानीको चक्र (Water Cycle) लाई सारांशमा भन्नु पर्दा: सूर्यको तापले गर्दा जमिन, नदी, ताल, समुद्र आदिको पानी बाफमा परिणत हुन्छ, र हावामा माथि उठ्छ । पृथ्वीबाट आकाशतर्फ जतिजति माथि गयो बातावरण पनि त्यतित्यति चिसो हुँदै जान्छ | जब बास्पिकरण भएको पानी हावासंगै कुनै निश्चित उचाइमा पुग्छ, पुन चिसिन थाल्छ । चिसो हुँदै जाँदा बाफको रुपमा हावामा रहेको पानी पुन पानीको कण वा एक प्रकारका ससाना थोपामा बदलिन्छ । यो प्रक्रिया नै बादल बन्ने प्रक्रिया हो ।

वाष्पीकरण भएको पानी बोकेर हिंडेको हावा अग्ला पहाडमा ठोकिएर पनि बादलको रुप धारण गर्दछ किनकी पहाडमा ठोकिनेबित्तिकै हावा एकदम छिटो र जोडले आकासिन्छ र छिटै चिसो वातावरणमा पुग्छ र चिसिन थाल्दछ । यही चिसिनेक्रममा हावामा मिसिएको बाफरुपी पानी चिसो भई पानीका जम्न लागेका कण वा बरफका कणमा परिणत हुन्छ र बादलको रुप धारण गर्छ । जम्न लागेको वा जमेको पानी गरुङ्गो हुन्छ र तल खस्छ। खस्दै गर्दा अलि बढी पग्लिन्छ, र पृथ्वीमा आइपुग्दा पानी बन्दछ । यो प्रक्रिया सदैब चलिरहन्छ ।

पानी पर्नुसंग सम्बन्धित अन्य केही त्यथ्यहरु यस्ता छन् ।

१) बिस्तारै पर्ने पानी घन्टौंसम्म पनि पर्न सक्छ तर दर्किने पानी १० मिनेट भन्दा बढी लागातर पर्न सक्दैन ।

२) थोपाको आकार अनुसार पानी पर्ने बेग प्रति घन्टा ३० किलोमिटरसम्म हुन सक्छ ।

३) जाडोमा भन्दा गर्मीमा हावामा पानीको मात्रा बढी हुने भएकोले उखुम महसुस हुन्छ ।

४) पृथ्वीको सतहबाट प्रति सेकेन्ड १ करोड ६० लाख टन पानी बस्फिकरण हुन्छ ।

५) मौसमको भविष्यवाणी गर्दा प्राय डप्लर रेइडार (Doppler Radar) को प्रयोग गरिन्छ, जसले हावामा हुने पानीको मात्रा (Moisture) तथा गति बताउँछ । त्यसैको आधारमा १ हप्ता सम्मको मौसमको भविष्यवाणी (Weather forecast) गर्न सकिन्छ ।

६) January 8, 1966 मा La Reunion मा २४ घन्टाभित्रमा परेको १८२.५ सेन्टिमिटर पानी नै अहिलेसम्मको अधिकतम वर्षा हो भने आसामको चेरापुन्जीमा एक बर्षमा भएको २६.५ मिटर बर्षा नै अहिलेसम्मको अत्यधिक हो ।

७) साहारा मरुभूमीमा १९७३-१९७६ सम्म पानी नै परेन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार