असार २४, २०८२ मंगलबार July 8, 2025

समुद्रको पानी किन नुनिलो हुन्छ ? यी हुन् नुन आउने स्रोतहरु ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यो कुरा त हामी सबैलाई थाहै छ कि समुद्र तथा महासागरको पानी नुनिलो हुन्छ । तर सबैलाई थाहा नहुन सक्दछ कि समुद्रको पानी किन नुनिलो हुन्छ ?

समुद्रको पानी यति धेरै नुनिलो हुन्छ कि पिउनका लागि कत्ति पनि उपयोग आउँदैन । आखिर समुद्रमा यति धेरै नुन कहाँबाट आउँदो हो र पानी नुनिलो हुँदो हो ?

वैज्ञानिकहरुका अनुसार पृथ्वीको ७० प्रतिशत भाग पानीले ढाकेको छ । उक्त पानीमध्ये ९७ प्रतिशत महासागर तथा समुद्रहरुमा छ ।

अमेरिकाको नेशनल ओसियानिक एण्ड एटमस्फियरिक एडमिनिस्ट्रेसनका अनुसार यदि महासागर तथा समुद्रको पानीमा रहेको सबै नुन निकाल्ने हो र जमिनमा ओछ्याउने हो भने त्यसले पृथ्वीको सबै जमिनको भागमा ५ सय मिटर अग्लो नुनको पत्र बन्दछ ।

समुद्रमा नुन आउने दुईवटा स्रोत छन् । सबैभन्दा धेरै नुन नदीहरुबाट आउँदछ । वर्षाको पानी केही मात्रामा अम्लीय हुन्छ । जब त्यो पानी जमिनका चट्टानहरुमा पर्दछ तब त्यसले चट्टानको माथिल्लो पत्रलाई खियाउँदछ । त्यसबाट निस्कने लवणहरु पानीसँगै नदी हुँदै समुद्रमा पुग्दछन् । यो प्रक्रिया लाखौँ करोडौँ वर्षदेखि चल्दै आएको छ ।

त्यस्तै समुद्रमा नुन आउने अर्को स्रोत पनि छ । त्यो भनेको समुद्रको पिँधमा रहेका छिद्रहरुबाट आउने भूतापीय द्रव्य हो । समुद्रको पिँधमा रहेका चिराहरुबाट समुद्रको पानी भित्र छिर्दछ र त्यो पृथ्वीको केन्द्रसम्म पुग्दछ । त्यहाँ रहेको म्याग्माका कारण भित्र छिरेको पानी तात्दछ । तापका कारण त्यहाँ श्रृंखलाबद्ध रासायनिक प्रतिक्रिया हुन्छ । रासायनिक प्रतिक्रिया सँगै पानीले अक्सिजनको अणुसँगै म्याग्नेसियम र सल्फेट समेत छाड्दछ र म्याग्मामा रहेका फलाम, जस्ता र तामाजस्ता धातु ग्रहण गर्दछ । त्यसपछि धातुयुक्त उक्त तातो तरल पदार्थ पृथ्वीको केन्द्रबाट समुद्रमा निस्किन्छ र समुद्रको पानीसँगै मिसिन्छ ।

समुद्रको पिँधमा हुने विभिन्न खाले ज्वालामुखी विस्फोटका क्रममा पनि ठूलो परिमाणमा लवणहरु पृथ्वीको केन्द्रबाट बाहिर निस्किन्छ र समुद्रको पानीमा मिल्दछन् । यी सबै कारणले गर्दा समुद्रको पानी नुनिलो हुन्छ ।

समुद्रको पानीलाई नुनिलो बनाउने आयनहरुमा क्लोराइड र सोडियम मुख्य हुन्, जसले ८५ प्रतिशत हिस्सा ओगट्दछन् । अरु १० प्रतिशत हिस्सा म्याग्नेसियम र सल्फेटले ओगटेका हुन्छन् भने बाँकी ५ प्रतिशत अन्य विभिन्न आयनहरु रहन्छन् । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार