श्रावण ६, २०८२ मंगलबार July 22, 2025

टेलिकमले भदौ ३० देखि एमडीएमएसको सफ्ट लञ्च गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेपाल दूरसञ्चार प्राधिकरणले यही भदौ ३० गते मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को सफ्ट लञ्च गर्ने भएको छ ।

यसअघि भदौ २४ गते सफ्ट लञ्च गर्ने बताइए पनि तयारी नपुगेकाले भदौ ३० होटल हिमालय कुपन्डोलमा एक औपचारिक कार्यक्रम गर्दै प्राधिकरणले यो प्रणालीको सफ्ट लञ्च गर्न लागेको हो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चारसचिव वैकुण्ठ अर्यालसहित प्राधिकरणका अधिकारीको उपस्थिति हुनेछ ।

नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले एमडीएमएस लागू गर्न लागेको हो । यो प्रणाली पूर्ण रूपमा लागू भए वैध मोबाइल फोन मात्र पहिचान गर्न सकिने र अवैध मोबाइल फोन प्रयोग निरुत्साहित हुने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार