असार २१, २०८२ शनिबार July 5, 2025

संविधान दिवसमा एनसेलको नयाँ दुई विशेष अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एनसेलले आठौं संविधान दिवसको अवसरमा आजबाट लागु हुने गरी नयाँ दुई विशेष अफर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत ग्राहकले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने बताइएको छ ।

यी प्याक आजबाट पर्सिसम्म सञ्चालन हुनेछन् । ग्राहकले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित ५९ रुपैयाँमा खरिद गर्न सक्ने जानकारी दिइएको छ । उक्त प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन सक्छन् ।

एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरमा यो अफर अवधिभर सुलभ दरमा कल गर्न र एसएमएस पठाउन सकिने बताइएको छ । जसअनुसार ग्राहकले ९५ रुपैयाँमा दुई सय मिनेट अल नेट टक टाइम र दुई सय वटा एसएमएस बण्डलको प्याक लिन सक्छन् । उक्त प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि तीन दिनको राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार