असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नेमा विश्वस्त छौं : सरकारका प्रवक्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नेमा विश्वस्त रहेको बताए ।

‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर पठाएको नागरिकता विधेयक शीतल निवासमा रहेको छ । विधेयक प्रमाणीकरणका लागि पठाएको आज १५ औं दिन हो । संविधान अनुसार दोस्रोपटक विधेयक संसदबाट प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया