असार २९, २०८२ आइतबार July 13, 2025

विवेकशील साझाले स्वीकृत गर्यो १२ केन्द्रीय सदस्यको राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विवेकशील साझा पार्टीबाट राजीनामा दिएका केन्द्रीय सदस्यहरुको राजीनामा स्वीकृत भएको छ । १२ जना केन्द्रीय सदस्यहरूले पेश गरेको राजीनामा अध्यक्ष समीक्षा बास्कोटाले विधानको भाग ११ को दफा ६८(१) बमोजिम स्वीकृत गरेकी हुन् ।

बिराज भक्त श्रेष्ठ, जमुना शर्मा, श्रीकृष्ण श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोख्रेल, दीपकप्रसाद उप्रेती, महेन्द्र थापा, अनिल भेटवाल, भीम प्रसाद अधिकारी, डा.तारा काफ्ले, रजनी केसी, रोशन सिवाकोटीलगायत दिएको राजीनामा पार्टीले स्वीकृत गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया