वैशाख २०, २०८१ बिहिबार May 2, 2024

कर्तव्य ज्यान मुद्धामा १० वर्ष कैंद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला प्रहरी कार्यालय खोटाङले सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्धामा १० वर्ष कैंद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

२०६५ साल जेठ १८ गते केपिलासगढी गाउँपालिका–३ बाँसपानीका ६० वर्षीय धिलु राईलाई धारिलो हतियार प्रहार गरी गरगहना लुटपाट गर्दै कर्तव्य ज्यान गरी फरार रहेका सोही स्थानका नारायण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

 दशैं, तिहार र छठलाई मध्यनजर गर्दै गत असोज १ गतेदखि सुरु गरिएको चाडपर्व विशेष सुरक्षा योजना २०७९ अन्तरगत राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सर्वोच्च अदालतबाट २०७६ साल माघ १९ गते १० वर्ष कैंद सजाय सुनाइएका राईलाई फरार रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँसँगको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । उनी घटनाकै मितिदेखि फरार थिए ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया