असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रपति भण्डारीले दशैँको टीका लगाइदिने समय तोकियो – यस्तो छ समय तालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विजया दशमीका दिनमा विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई टीका लगाइदिने भएकी छन् ।

राष्ट्रपति भण्डारीले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका रहेको छ ।

त्यस्तै उच्च पदस्थको टीका कायक्रमलगत्तै सर्वसाधरणलाई ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।

टीका ग्रहण गर्न शितल निवास आउँदा मर्यादित पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया