काठमाण्डौः ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको समानुपातिकतर्फ ६४९३ जना उम्मेदवारको नाम बन्दसूचीमा रहेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका ११० सिटका लागि ४८ दलका २४३६ जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश छ ।
यस्तै सातवटै प्रदेशका २२० सिटका लागि विभिन्न ४०५७ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा छन् । प्रदेश १ मा ३६ दलका ६६१ जना, मधेस प्रदेशमा ३६ दलका ९४८, बागमती प्रदेशमा ४१ दलका ८२५, गण्डकीमा ३१ दलका ३६८, लुम्बिनीमा ३२ दलका ६५७, कर्णालीमा २८ दलका २२२ र सुदूरपश्चिममा ३४ दलका ३७६ जना उम्मेदवारको नाम बन्दसूचीमा छ ।
निर्वाचन आयोगले आज साँझ सबैको नाम सार्वजनिक गर्दैछ । प्रतिनिधिसामा देशभर खसेको सदरमतको कम्तीमा ३ प्रतिशत र प्रत्यक्षमा कम्तीमा एक जना उम्मेदवार विजय भएपछि सो दलले समानुपातिकतर्फ पनि मत प्रतिशतका आधारमा सिट पाउँछ । उता प्रदेशमा भने सो प्रदेशमा खसेको सदरमतको कम्तीमा तीन प्रतिशत कटाएर समानुपातिक सिट पाउँछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया