असार ३०, २०८२ सोमबार July 14, 2025

कास्कीमा ९ पदका लागि १०८ को उम्मेद्‌वारी, सबै क्षेत्रमा बागी उम्मेद्‌वार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कास्कीमा ९ पदका लागि १ सय ८ जनाको उम्मेद्‌वारी परेको छ । प्रतिनिधिसभातर्फ ५३ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा का लागि ५५ जना उम्मेद्‌वार भएका छन् ।

प्रतिनिधिसभामा १८ जना स्वतन्त्र छन् भने बाँकी विभिन्न दलका उम्मेद्वार छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा १० जना महिलाले मात्रै मनोनयन दर्ता गरेका छन् । प्रदेशसभा तर्फ १३ स्वतन्त्र उम्मेद्वार छन् भने १० जना मात्रै महिला छन् । तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि प्रमुख पार्टीलाई बागी उम्मेद्‌वारी परेको छ ।

कास्की १ मा गठबन्धन उम्मेद्वार किशोरदत्त बरालविरुद्ध एकीकृत समाजवादीका घननाथ सापकोटाले उम्मेद्वारी दिएका छन् । कास्की २ मा पनि गठबन्धन उम्मेद्वार श्रीनाथ बरालविरुद्ध कांग्रेस नेता महादेव गुरुङले उम्मेद्वारी दिए ।

कास्की ३ मा रामजी बरालका विरुद्ध माओवादीकै अनिता भुर्तेल चुनौती बनेकी छिन् भने एमाले उम्मेद्वार दामोदर बैरागीलाई पनि जगन्नाथ बास्तोलाले बागी चुनौती दिएका छन् ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि ४ जना स्वतन्त्र र १३ राजनीतिक दलसहित १७ जनाले मनोनयन दर्ता गराएका छन् । एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ र कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालबीच कडा प्रतिस्पर्धा हुनेछ ।

बराल गठबन्धनको साझा उम्मेद्वार हुन् । प्रदेशसभा (क) का लागि गठबन्धनबाट माओवादीका दीपक कोइराला र एमालेका खगराज अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभा (ख) मा कांग्रेसका दीपक गुरुङ र एमालेका बेदबहादुर गुरुङ आमनेसामने भएका छन् ।

क्षेत्र नम्बर २ तर्फ प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई र गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालबीच प्रतिस्पर्धा हुनेछ । २ (क) मा माओवादीका विश्वप्रकाश लामिछाने र एमालेका भीम कार्की आमनेसामने भएका छन् भने २ (ख) मा बहालवाला २ सांसदबीच कडा टक्कर हुने छ । कांग्रेसले मन्त्री विन्दुकुमार थापालाई टिकट दिएको छ भने एमालेले मीना गुरुङलाई अघि सारेको छ ।

क्षेत्र नम्बर ३ मा गठबन्धनबाट माओवादीका रामजी बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । ३ (क) बाट माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङबीच बढी प्रतिस्पर्धा हुनेछ । ३ (ख) बाट कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीचमा प्रतिस्पर्धा हुनेछ । क्षेत्र नम्बर १ मा १७, २ मा १८ र ३ मा पनि १८ जनाकै उम्मेद्वारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार