काठमाण्डौंः साओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडालले नेपालीहरुको महान चाड तिहार नजिकिँदै गरेको उपलक्ष्यमा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराइरहेको बताए ।
यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, साओमी १२ सिरिजमा रु. ३००० र भर्खरै सार्वजनिक गरिएको पोको एम फाइभमा रु. ५०० सम्मको छुटमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ । आईसिटी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया