असार ३०, २०८२ सोमबार July 14, 2025

कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशित गरेको छ । गत जेठमा लिइएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा नियमिततर्फ एनजी (नट ग्रेडेड) आई पुनर्योगको लागि आवेदन दिएका परीक्षार्थीहरूको दोस्रो चरणको नतिजा बोर्डले प्रकाशित गरेको हो । बोर्डले पुनर्योगका लागि २५ भदौ २०७९ देखि २ असोजसम्म पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीहरूको नतिजा प्रकाशित गरेको हो ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० (दश) दिन पश्चात सक्कल ग्रेडसिटसहित कार्यालयमा सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ ।

पुनर्योगको नतिजामाथि चित्त नबुझी उत्तर पुस्तिका हेर्न चाहने परीक्षार्थीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ । त्यसका लागि प्रति विषय २ हजार शुल्क बुझाई बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन पेश गर्न सकिनेछ ।

पुनर्योगबाट ग्रेड परिवर्तन भई ग्रेड वृद्धि (पुरक) परीक्षा दिन चाहेन परीक्षार्थीले २९ असोजभित्र परीक्षा आवेदन फारम बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ । बोर्डले ३० र ३१ असोजमा कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको मिति तोकेको छ । पुनर्योगबाट ग्रेड परिवर्तन भई ग्रेड वृद्धि गर्न चाहने परीक्षार्थीले ६०० शुल्क बुझाई परीक्षा दिन पाउनेछन् ।

नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको अभिलेखबाट सच्याइने छ । यसअघि ६ असोजमा पहिलो चरणको पुनर्योगको नतिजा प्रकाशित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार