काठमाण्डौः आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आज आइतबारको कारोबार दर तोक्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ थियो ।
यस्तै, आज सुनको मूल्य ह्वात्तै घटेको दिन चाँदीको मूल्य समेत घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा ११ सय ८५ रुपैयाँ कायम थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया