असार २९, २०८२ आइतबार July 13, 2025

शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शान्ति सुरक्षा कायम  गर्न नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

६७ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मुलुकको शान्ति सुरक्षा विकास निर्माणको आधार भएकाले आन्तरिक र बाह्य सुरक्षाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताउनुभयो ।

आपत विपदमा परेका नागरिकले सबैभन्दा पहिला नेपाल प्रहरीलाई सम्झने हुँदा समस्त नागरिकको सुरक्षाका लागि प्रहरी संगठनले गर्दै आएको कामको प्रधानमन्त्री देउवाले प्रशंसा गर्नुभयो ।

नेपाल प्रहरीले प्रकृति विपद्का समयमा नागरिककाे जीवन रक्षा, उद्धार र राहत वितरणमा देखाएको सक्रियता प्रशंसायोग्य रहेको स्मरण गर्नुहुँदै उहाँले गौरवमय इतिहास बोकेको प्रहरी संगठनलाई आगामी दिनमा थप जिम्मेवार, व्यावसायिक र स्रोतसाधन सम्पन्न बनाउन सरकार लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया