असार ३१, २०८२ मंगलबार July 15, 2025

निर्वाचनमा खटाउँदा शिक्षकलाई सम्मानजनक व्यवहार गर्न शिक्षक संघको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल शिक्षक संघ कर्णाली प्रदेश कार्य समितिले निर्वाचन प्रायोजनका लागि शिक्षकलाई खटाउँदा सम्मानजनक ढंगले व्यवहार गर्न भन्दै ध्यनाकर्षण पत्र पेश गरेको छ ।

राष्ट्रसेवक कर्मचारीहरुको हैसियतले राज्यलाई आवश्यक परेको बखत सहयोग गर्ने प्रमुख दायित्व आम शिक्षकहरुको रहने भएकोले निर्वाचन प्रायोजनका लागि शिक्षकलाई खटाउँदा सम्मानजनक ढंगले व्यवहार गर्न भन्दै ध्यनाकर्षण पत्र पेश गरेको हो ।

समितिले आज निर्वाचन कार्यलयमा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कर्मचारीहरुको खटनपठनका क्रममा निर्वाचन निर्देशिका २०७९ को ११ ख र घ मा रहेको प्रावधानले आम शिक्षकहरुको सम्मानमा चोट पुगेको ठहर गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै नेपालको संविधिान २०७२ मा नेपालमा सबै राष्ट्रसेवक कर्मचारीहरु समान रहेको, संविधान सभाको निर्वाचन लगाएत नेपालमा सम्पन्न भएका सबै आम निर्वाचनहरुमा शिक्षकहरुको निर्वाह गरेको भुमिकालाई ध्यनाकर्षण पत्रमा उल्लेख गरिएको छ । खबरएजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार