काठमाडौंः अमेरिकी डलरकाे भाउले उचाइ कायम गरेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एककाे खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.५७ रुपैयाँ र बिक्री दर १३०.१६ रुपैयाँ कायम भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया