असार ३०, २०८२ सोमबार July 14, 2025

निर्वाचन आचारसंहितामा पुनर्विचार गर्न राष्ट्रिय शिक्षक सङ्गठको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले असोज २५ गते जारी गरेको आचारसंहिता प्रति नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले गम्भिर ध्यानाअर्कण भएको जनाएको छ । आचारसंहिताले विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हक र ट्रेड युनियन खोल्ने हक विपरीत रहेको भन्दै गम्भिर ध्यानाअर्कषण भएको जनाएको हो ।

संगठनले प्रस विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगद्धारा जारी गरीएको आचारसंहिता २०७९ को नियम ७ (क) र (ख) तथा नियम १० क,ख, र ग मा उल्लेखित आचारसंहितानेपालको संविधानको भाग ३ धारा १७ को २ क को विचार र अभिव्यक्तिको स्वतन्त्रता, धारा १९ को १ को सञ्चारको हक तथा धाराको ३४ को ३को ट्रेड युनियन खोल्ने हक विपरीत रहेको उल्लेख गरेको छ ।

साथै निर्वाचन आयोग लगायत सम्बद्ध पक्षलाई नेपालले आइएलओ अभिसन्धि १९४९ को ९८ लाई हस्ताक्षर गरी पारित गरेको र उक्त अभिसन्धिद्धारा प्रदत्त ट्रेड युनियन भित्रको राजनीतिक अधिकार प्राप्त गरेको जनाएको छ ।

संगठनले संविधान प्रदत्त अधिकारको उपयोगमा कहि कतैबाट पनी नेपालीलाई बञ्चित गर्ने संहिता प्रति पुनर्विचार गर्न, अन्तराष्ट्रिय अभिसन्धिको पालना गर्न र मंसिर ४ गते हुने गइरहेको निर्वाचनलाई निर्वाद रुपमा सम्पन्न गराउन आग्रह गरेको छ । त्यसैगरी सम्पूर्ण शिक्षकहरुलाई संविधान प्रदत्त अधिकार स्वतन्त्रताको हक र ट्रेड युनियन अधिकारको निर्वाध रुपमा प्रयोग गर्न र निर्वाचनलाई सफल बनाउन अपिल गरेको छ । खबरएजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार