काठमाडौं : वागमती प्रदेश शिक्षा विकास निर्देशनालयले सामुदायिक माध्यामिक विद्यालयमा कक्षा ११ वा सो सरह अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
प्रदेश भित्रका दलित, अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख जातिका लागि छात्रछात्राहरु मध्ये बागमती प्रदेशका प्रत्येक स्थनीय तहबाट एक जना छात्र वा छात्रालाई भर्ना शुल्क र शिक्षण शुल्क बापतको रकम छात्रवृत्ति बापत प्रदान गर्नका लागि आवेदन माग गरेको हो ।
यसका लागि विद्यार्थीले सामुदायिक विद्यालयमा कक्षा ११ वा सो सरहमा कृषि, भेटनेरी, सर्भेयर, सिभिल इन्जिनियर र वनविज्ञान विषयमा पहिलो वर्ष वा सेमेष्टरमा अध्ययनरत हुनुपर्नेछ । शिक्षा विकास निर्देशनालयको शैक्षिक छात्रवृत्ति निर्देशिका २०७८ ले निर्धारण गरेको मापदण्ड भित्र पर्ने विद्यार्थीहरुले मंसिर १५ गतेसम्म आवश्यक कागजत सहित आवेदन दिन सक्नेछन् ।
त्यसैगरी उच्च शिक्षामा अध्ययनरत छात्राहरुका लागि शैक्षिक छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरेको छ । स्नातक तह र स्नातकोत्तर तह पहिलो वर्ष वा पहिलो सेमेस्टरमा अध्ययनरत छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि आवेदन माग गरिएको जनाएको छ ।
सूचनामा हेर्नुहोस्ः
प्रतिक्रिया