कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

निफ्राको नाफा ५६ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको भन्दा ५६.४६ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीले २४ करोड २० लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यस अवधिमा सञ्चालन नाफा ५६.४७ प्रतिशत ले बढेर ५४ करोड नौ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा उसले ३४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी पनि ५८.६१ प्रतिशतले बढेर ६५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएकाले यसको खुद नाफा पनि बढेको हो । साथै, कम्पनीको इम्पेरिमेन्ट चार्ज भने घटेको छ । बैंकको वितरणयोग्य नाफा १९ करोड ६ लाख रुपैयाँबाट बढेर २९ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको जगेडा कोषमा दुई अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यही अवधिमा कम्पनीको जगेडामा दुई अर्ब ६४ करोड ३७ लाख रुपैयाँ जम्मा थियो ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ १७ पैसाले बढेर ७ रुपैयाँ १ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७८ पैसा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार