श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सर्ट किबोर्ड ट्रिक, कम्प्यूटर तथा ल्यापटपको प्रयोगमा सहजता (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अफिसको काम, अनलाइन अध्ययन, इन्टरनेट ब्राउजिङसहित सामाजिक सञ्जाल प्रयोग गर्न कम्प्युटर तथा ल्यापटपको प्रयोग गरिन्छ।

कम्प्युटर तथा ल्यापटपको कि बोर्ड स्मार्ट तरिकाले प्रयोग गर्न सकियो भने काम गर्न सहज हुनुका साथै समयको पनि बचत हुन्छ। त्यसका लागि कम्प्यूटर तथा ल्यापटपमा भएको किलाई सर्टकटको रुपमा प्रयोग गर्न सकिन्छ।

यस्ता छन् कि बोर्डको सर्टकट तरिका

विन्डो प्लस डी

एकै पटकमा धेरै विन्डोज ओपन गरेर ल्यापटप तथा कम्प्यूटर प्रयोग गर्नु हुन्छ भने तपाईलाई होम स्क्रिनमा स्विच गर्नु पर्ने हुन्छ। यस्तो गर्नका लागि तपाईले सबै विन्डोलाई एकएक गर्दै मिनिमाइज गर्नु पर्ने हुन्छ। तर विन्डो प्लस डी सर्टकटले प्रयोग गर्दा सबै विन्डोज एकै पटक मिनिमाइज हुन्छ।

विन्डो प्लस अल्ट प्लस आर

विन्डो प्लस अल्ट प्लस आरको मद्दतले कम्प्यूटर तथा ल्यापटपको स्क्रिन रेकर्ड गर्न सकिन्छ। यसका लागि तपाईले विन्डो प्लस अल्ट प्लस आर तीन वटै कि एकै पटक थिच्नु पर्ने हुन्छ। यस्तो गरिसकेपछि ल्यापटप तथा कम्प्यूटरको स्क्रिन रेकर्डिङ शुरु हुन्छ।

सिफ्ट प्लस कन्ट्रोल प्लस टी

कहिलेकाँही काम गर्दा हतारमा आवश्यक ट्याब कट हुन सक्छ। पुन सोही लिंक ओपन गर्नका लागि हिस्ट्रीको मद्दत लिनु पर्ने हुन्छ। यदि सिफ्ट प्लस कन्ट्रोल प्लस टी सर्टकट प्रयोग गरेर कट भएको ट्याब फिर्ता ल्याउन सकिन्छ।

विन्डो प्लस एल

विन्डो प्लस एल सर्टकट सेक्यूरिटीका लागि धेरै उपयोगी हुन्छ। विन्डो प्लस एल कि थिचेर सिस्टमलाई लक गर्न सकिन्छ। यसरी लक गरिएको कम्प्यूटर तथा ल्यापटप पुन पासवर्ड राखेर मात्र ओपन गर्न सकिन्छ। कामको दौरान छिटो कम्प्यूटर तथा ल्यापटप बन्द गर्न विन्डो प्लस एल कि प्रयोग गर्न सकिन्छ। -टेक्नोलोजी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार