असार २९, २०८२ आइतबार July 13, 2025

महोत्तरी घटनाको छानविन गर्न गृहद्वारा समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।
जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलश यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भई घटेको घटनाको सन्दर्भमा छानविन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।
आजको गृहमन्त्री स्तरीय निर्णयबाट गठित समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासिनी रहनुभएको छ ।
उक्त समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया