असार ३१, २०८२ मंगलबार July 15, 2025

शिक्षक विज्ञापन पुनः तीन तहकै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ।

शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ।

शिक्षा नियमावली तथा शिक्षक सेवा आयोग नियमावलीमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि फरक–फरक तरिकाबाट परीक्षा सञ्चालन गरेर शिक्षक छनोट गर्ने उल्लेख गरिएको छ।

नियमावलीको उक्त व्यवस्था संशोधन भएपछि वा शिक्षक सेवा आयोगसम्बन्धी छुट्टै कानुन बनेमा मात्रै दुई तहको शिक्षक छनोट गर्न सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिनुभयो ।

आयोगले वार्षिक कार्यतालिकाअनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको हो। सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएपछि विज्ञापन प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ।

रिक्त दरबन्दीबारे केन्द्रले असोज महिनाभित्रमा पठाइसक्नुपर्ने भए पनि प्राप्त नभएकोले विज्ञापन प्रक्रियामा ढिलाइ भएको आयोगका सूचना अधिकारी मरहट्ठाले जानकारी दिनुभयो। – गोरखपात्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार