काठमाडौंः ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
जसका लागि बैंकले सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बैंकले ११.२५ प्रतिशत ब्याजदरको ‘ग्लोबल आईएमई डिबेन्चर २०८४/८५’ निष्कासन गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
आइतबार बैंकले सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता भएको हो ।
ग्लोबल आईएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया