कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सेयर बजार १९ सयमुनि ओर्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से १९ सयभन्दा तल झरेको छ ।

२३.५२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खस्किएको छ । बुधबार १ अर्ब ४० करोडको कारोबार भएकोमा आज १ अर्ब ११ करोडमा सीमित रह्यो ।

कुल १३ कम्पनीको मूल्य बढ्दा १७१ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै उपसमूह घटेका छन् । बैंकिङ ९, विकास बैंक ४८, फाइनान्स ३८, होटल तथा पर्यटन २८, जलविद्युत् ४१, जीवन बीमा ६९, उत्पादन ६३, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ८८, अन्य ३३ र ब्यापार उपसमूह २१ अंक घटे ।

मन्दाकिनी हाइड्रोको मूल्य सबैभन्दा धेरै करिब ४ प्रतिशत बढ्यो भने अपरहेवाखोलाको सबैभन्द धेरै ७ प्रतिशत घट्यो । किसान लघुवित्त, पन्चकन्या माई, गुहेश्वरी मर्चेन्ट तथा इमर्जिङ नेपाल पनि मूल्य धेरै घट्ने कम्पनीमा रहे । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, युनाइटेड मोदी, हिमालयन डिस्टिलरी र रिडी पावर क्रमश अगाडि रहे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार