असार ३२, २०८२ बुधबार July 16, 2025

काँग्रेस बिपीले लमजुङमा सत्ता गठबन्धनलाई बहिस्कार गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस बीपी लमजुङले सत्ता गठबन्धन दलका उम्मेदवारलाई लमजुङमा बहिस्कारको घोषणा गरेको छ ।

कांग्रेसले आफ्नो मूल्य र मान्यताविपरीतका दलसँग सत्ता प्राप्तिका लागि माओवादीसँग गठबन्धन गरेको भन्दै कांग्रेस बीपीले गठबन्धमा सहभागी नभएको बेंसीसहरमा पत्रकार भेटघाटको आयोजना गरी स्पष्ट पारेको हो ।

कांग्रेस बिपीबाट उम्मेवार बनेपनि व्यक्तिगत स्वार्थका लागि उमेदवारले उम्मेदवारी निस्क्रिय गरेको दाबी गरिएको छ । करुवा चिन्हको उमेदवारी कायम रहेको बिपी कांग्रेसले जनाएको छ ।

कांग्रेस बिपीका अध्यक्ष तेजनारायण अधिकारीले आमनिर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई बहिष्कार गरी कांग्रेस बिपीको करुवा चिन्हमा छाप लगाएर सत्य र न्यायको पक्षमा उभिन मतदातालाई आग्रह गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया