कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

१९ कम्पनीहरूले गरे लाभांश प्रस्ताव, ९ कम्पनीले मात्रै बोनस सेयर दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गत आर्थिक वर्षको मुनाफाबाट १९ कम्पनीहरूले हालसम्म लाभांश प्रस्ताव गरेका छन् । नेपाल स्टक एक्सचेञ्‍जमा सूचिकृत कम्पनीहरूको सञ्‍चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेका हुन् ।  जसमध्ये अधिकांश कम्पनीहरूले बोनस सेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् ।

लाभांश घोषणा गर्नेमा ३ वटा वाणिज्य बैंक, पाँच बीमा कम्पनी, एक लघुवित्त संस्था, एक विकास बैंक, ६ सामूहिक लगानी कोष र तीन अन्य कम्पनी छन् ।

नेप्सेमा सूचीकृत २४२ मध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् ।

अहिलेसम्म प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भएका छन् । बाँकी बैंकहरूले घोषणा गरे पनि सञ्‍चालक समितिले निर्णय गरिसकेका छैनन् ।

सूची हेर्नुहोस्ः

कम्पनी बोनस सेयर नगद लाभाश
प्रभु बैंक ६.५ १.५
नेपाल इन्भेष्टमेन्ट बैंक ४ ७
मेगा बैंक ४ ३.८३
सिद्धार्थ इन्स्योरेन्स   ९.४७
प्रिमियर इन्स्योरेन्स ५ १०
युनाईटेड इन्स्योरेन्स ५ ०.२६
नेपाल इन्स्योरेन्स ८ ०.४२
प्राइम लाइफ इन्स्योरेन्स १३ ०.६८
गरिमा विकास बैंक १३ १.५
जाल्पा सामुदायिक लघुवित्त ७३ ३.८४
एनआइसी एसिया ग्रोथ फन्ड   १३
एनआइसी एसिया ब्यालेन्स्ड फन्ड   १३
एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड   ६
एनआइबील प्रगति फन्ड   ४.२
लक्ष्मी इक्विटी फन्ड   ५
लक्ष्मी उन्नति फन्ड   ५
बोटलर्स नेपाल (बालाजु)   प्रति कित्ता २० रुपैयाँ
बोटलर्स नेपाल (तराई)   प्रति कित्ता ६० रुपैयाँ
माउन्टेन इनर्जी नेपाल   १०.५२

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार